geet gajal

गजल



मेरो देश अचानोमा बाँचेको छ ।
मुटु फुट्ने भक्कानोमा बाँचेको छ।।

भातको फिरादपत्र बोकेर चारैतिर
दानमा पाको मानोमा बाँचेको छ।

चिसा हतियारसँगको सहबास
शमशान बिरानोमा बाँचेको छ।

खिया लागेको कलपुर्जा बोकेर
नयाँ भ्रम पुरानोमा बाँचेको छ।

झुट र भ्रष्टचारको हल्काई
बाली मान फगत पानोमा बाँचेको छ।

लक्ष्मण थापा

सराङकोट, कास्की
हाल; बैदाम, पोखरा।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)